लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग गगन थापाको माग



काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग ९लाल आयोग० ले बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको भन्दै प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।

सभापति थापाले २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आए पनि सरकारमा पुगेपछि राजनीतिक दलहरूले त्यसलाई कार्यान्वयन गर्न नसकेको बताएका छन्।

उनले २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग ९लाल आयोग० ले बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको बताएका छन्।

थापाले विगतका सरकारले प्रतिवेदन सार्वजनिक गर्न नसकेको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने बताएका छन्। यसपटक पनि विषय प्रतिबद्धतामै सीमित नहोस् भन्दै उनले सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।

“ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ,अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्,” थापाले भनेका छन्, “सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो।”

थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै सरकारमा जानुअघि गरिने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : भाद्र ८, २०८३ सोमबार  १२ : ५९ बजे