काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १९.१३ अंकले घटेर २,५९९ को विन्दुमा कायम भएको छ ।
आज ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब २३ करोड माथिको सेयर कारोबार भएको छ । बैंकिङ ०.६७, विकास बैंक ०.४७, फाइनान्स ०.८०, होटल तथा पर्यटन ०.०१, लगानी ०.४१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.५३, अन्य ०.७८ तथा व्यापार ०.५० प्रतिशत घटे ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १२ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।









