सबैको साझा प्रयासबाट मात्र समृद्ध नेपाल सम्भव : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणका लागि राज्य, पेशागत संस्था, सार्वजनिक निकाय र समाजबीचको घनिष्ठ सहकार्य आवश्यक रहेको बताउका छन् ।

सोमवार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान २०८१र२०८२’ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबैको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम र समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गरेका हुन् ।

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकास गर्नु सबैको साझा कर्तव्य भएको बताए ।

वर्तमान समयमा निराशा र आवेगभन्दा पनि आशा, भरोसा र विश्वासका साथ आर्थिक समृद्धिको गुरुत्तर दायित्व पूरा गर्नतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : भाद्र ८, २०८३ सोमबार  ७ : २५ बजे