काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन तथा डेटा सेवा निःशुल्क गर्ने निर्णय गरेको छ। उद्धार, राहत तथा प्रभावित क्षेत्रमा आपसी समन्वय सहज बनाउन दूरसञ्चार सेवा निःशुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विपद्का बेला सूचना आदानप्रदान र उद्धार कार्यलाई प्रभावकारी बनाउन सञ्चार सम्पर्क सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
नेपाल टेलिकमले मोबाइल तथा अन्य दूरसञ्चार सेवासम्बन्धी समस्या परे ग्राहकका लागि सेवा सहायता नम्बरसमेत उपलब्ध गराउँदै आएको छ।









