काठमाडौं, १२ भदौ । रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या ४६९ पुगेको छ। नेपाल प्रहरीको आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार बाढीबाट ९७७ जना अझै बेपत्ता छन्।
प्रहरीका अनुसार फेला परेका ४६९ शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा ११० जना, गोरखामा ४४ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, तनहुँमा २८ जना, नवलपरासी पश्चिमबाट २७ जना, रसुवाबाट १२ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार विपदमा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवामा मात्रै ४३ जना घाइते छन्। हालसम्म ३,२५३ जनाको जीवितै उद्धार गरिएको र झन्डै एक हजार सम्पर्कविहीन रहेको प्रहरी बुलेटिनमा उल्लेख छ।









