केरुङ नाका पुनः सञ्चालनमा ल्याउन सडक मर्मत कार्य तिब्रः १.१ किलोमिटर सडक सफा



काठमाडौं । नेपाल–चीन सीमास्थित केरुङ (जिरोङ) नाका जोड्ने अवरुद्ध सडक खण्ड मर्मत गरी यातायात सुचारु गराउन उद्धारकर्मीहरूले प्रयासलाई तिब्र पारेका छन् ।

गत अगस्ट २६ मा नेपालतर्फ खसेको हिम–पहिरो (आइस–रक एभलान्च) का कारण आएको भीषण लेदोसहितको पहिरोले केरुङ नाका क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो ।

सोही समयदेखि अवरुद्ध रहेको यस महत्वपूर्ण व्यापारिक मार्गलाई पुनः सञ्चालनमा ल्याउन उद्धार टोलीहरू अहोरात्र कार्यक्षेत्रमा खटिएका छन् ।

सोमवार मध्याह्नसम्मको प्रगति विवरणअनुसार उद्धारकर्मीहरूले नाकाभन्दा करिव १.१ किलोमिटरको दूरीसम्मको सडक सफा गरिसकेका छन् ।

प्रकाशित मिति : भाद्र १५, २०८३ सोमबार  ४ : ३७ बजे