बढ्दैछ शिव पाण्डेको चर्चा



काठमाडौं । शिव पाण्डे पछिल्लो समयका चर्चित कलाकार हुन्। नेपाली मनोरञ्जन उद्योगमा उनको चर्चा दिनप्रतिदिन बढ्दै गइरहेको छ।

रुपन्देहीमा जन्मे–हुर्केका पाण्डेलाई काठमाडौं आएर कलाकारितामा अघि बढ्न भने सहज थिएन।

रुपन्देहीबाट काठमाडौं आएर आर्टिस्ट खबर मिडियामा क्यामेराम्यानका रूपमा काम गर्न सुरु गरेका उनले विभिन्न म्युजिक भिडियो, टेलिभिजन सिरियल तथा चलचित्रहरूमा क्यामेरा पर्सन तथा सहायकका रूपमा काम गरेका छन्।

सुरुवाती कला पत्रकारिताले नै बिस्तारै उनलाई अभिनयको समेत बाटो खोल्यो। उनको विशेष शैली र प्रस्तुतिका कारण उनी मनोरञ्जन उद्योगमा सबैका प्रिय पात्र बन्दै गए।

उनले ‘बसन्त’, ‘मन बिनाको धन’ र ‘ज्वाइसाब’ लगायतका चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्।

फिल्मी क्षेत्रमा ‘शिवु पाण्डे’ नामले परिचित पाण्डे पछिल्लो समय सामाजिक सञ्जालमा समेत चर्चित छन्।

प्रकाशित मिति : भाद्र १६, २०८३ मंगलबार  २ : ०१ बजे