राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा बाढीपीडितका लागि सरकारी संयन्त्रबाट सहयोग गर्ने निर्णय गरेको छ ।
पीडितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको हो ।
वनस्थलीस्थित पार्टी कार्यालयमा बिहीबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । आजको बैठकमा समसामयिक परिस्थिति र विपद् व्यवस्थापनको विषयमा छलफल गरेको थियो ।
त्यही क्रममा रास्वपाले फरक संयन्त्र नबनाउने र सरकारलाई सघाउने निर्णय गरेको हो ।









