सरकारले भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने



काठमाडौं । सरकारले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा यही भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी गएको १३औँ दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

प्रकाशित मिति : भाद्र १८, २०८३ बिहीबार  ४ : ३७ बजे