आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक सांगठनिक कार्य र राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हून् ।

थापाले पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै अहिलेको संकटपूर्ण घडीमा राजनीतिक जोडघटाउभन्दा जनसेवा महत्वपूर्ण रहेको स्पष्ट पारे ।

उनले भने, ‘शेरबहादुर देउवा, डा। शेखर कोईराला र पूर्णबहादुर खड्का लगायतका नेताहरूसँगको संवाद र भेटघाटलाई सञ्चारमाध्यमले चासोका साथ हेर्नु स्वाभाविक हो । तर मेरो लागि ती संवादभन्दा अहिले धादिङ, रसुवा र नुवाकोटका पीडित नागरिकको समस्या समाधान र उहाँहरूसँगको संवाद बढी महत्त्वपूर्ण छ । यसपटक हामीलाई कुनैपनि चाडपर्वले छुँदैन । सर्वश्व गुमाएका पीडितहरूको साथमा रहेर हामी निरन्तर काम गर्नेछौँ ।’

प्रकाशित मिति : भाद्र २१, २०८३ आईतबार  ४ : १९ बजे