प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ‘पहिलो संशोधन’ विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : भाद्र २४, २०८३ बुधबार  ८ : १० बजे