काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले शहीदहरुले कहिले न्याय पाउँछन् भनेर सरकारसँग प्रश्न गरेक िछन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गरेकी हून् ।
उनले जेन–जी शहीदको स्मृतिमा मंगलवार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र साहसँग अुन्तुष्टि समेत जनाइन् ।
उनले जेन–जी शहिदहरुको बारेमा बोलिदिन माग गर्दा एकवर्षपछि श्रदाञ्जली आएको उल्लेख गर्दै शहीदहरुले न्याय कति वर्षमा पाउँछन् ? भन्दै प्रश्न गरिन् । ‘देशले शहीद पायो, एक दिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, कि त केही बोलिदिनुस् । केही त केही लेखिदिनुस् भन्दा–भन्दा स्टाटस त आयो, अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली,’ उनले भनिन्, ‘अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षमा पाउँछन् सरकार रु शहीद परिवार र घाइतेका परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’










