सभापतिलाई जानकारी नै नदिइकन विशेष महाधिवेशन बोलाउन मिल्दैन : देउवा



काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताएका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सदस्यहरूको आधिकारिक पहिचानबिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गरेका हुन् ।

पार्टी सभापतिलाई जानकारी नै नदिइकन विशेष महाधिवेशन बोलाउन नसकिने उनको भनाइ छ । देउवाले पार्टी विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान रहेको उल्लेख गर्दै विगतमा सुवर्णशमशेर पार्टी सभापति हुँदा पनि विशेष महाधिवेशन बोलाइएको स्मरण गरे ।

प्रकाशित मिति : भाद्र २४, २०८३ बुधबार  ८ : ०१ बजे