२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८५२ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ८३, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ४८ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७०, हर्न निषेधमा २५, लेन क्रसमा २४, अवस्था ठिक नभएको २२, एकतर्फीमा १४ र अन्यमा ५०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०८३ बिहीबार  ७ : ४५ बजे