भोटेकोशी बाढी : १,३८५ शव फेला, ४ हजारभन्दा बढी बेपत्ता



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो ।

प्रहरीको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष र ३३८ महिला रहेका छन् भने ५०५ वटा आंशिक मानव अंग फेला परेका छन् ।

फेला परेका शवमध्ये १०३ वटा शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने १,१४८ शव सुरक्षित तवरले जमिनमुनि व्यवस्थापन गरिएको छ ।

त्यस्तै पहिचान नभएका १,३२६ विवरण वेबसाइटमा अपलोड गरिएको छ । शव पहिचानका लागि मृतकका १,२८६ र मृतकका आफन्तका १,७१२ गरी कुल २,९९८ जनाको डीएनए नमुना संकलन गरिएको छ ।

बाढीमा परी हालसम्म ४ हजार ८९ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा स्वदेशी नागरिक ३,४७९ ९२,९०७ पुरुष र ५७२ महिला० तथा विदेशी नागरिक ६१० ९२७२ पुरुष, ३२८ महिला र १० अन्य० रहेका छन् ।

प्रकाशित मिति : भाद्र २६, २०८३ शुक्रबार  १० : १२ बजे