१५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई पनि बञ्चित गरिएको छैनः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनैपनि नेतालाई पार्टीको १५औँ महाधिवेशनमा भाग लिने कुराबाट बञ्चित नगरिएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हून् ।

उनले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताए । उनले महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने पनि बताए ।

‘कोही साथीलाई महाधिवेशनमा भाग लिने कुराबाट बञ्चित गरिएको छैन, सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ र प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘जसले जिम्मेवारी पाउनुहुन्छ, उहाँ नेतृत्वमा रहनुहुन्छ। प्रतिस्पर्धामा जिम्मेवारी नपाउने साथीहरूलाई पनि समेटेर सबैलाई लिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ।’

प्रकाशित मिति : भाद्र २६, २०८३ शुक्रबार  १ : ०८ बजे