काठमाडौं । प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले न्यायपालिकाको कामकारबाहीलाई थप पारदर्शी, चुस्त र सेवाग्राहीमैत्री बनाउन अदालतमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बताएका छन् ।
शनिवार उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश शर्माले अदालतका आदेश तथा फैसला अनलाइनबाटै उपलब्ध हुने व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिएका हुन् ।
उनकाअनुसार मुद्दामा भएका आदेश सोही दिन सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गर्ने काम शुरु भइसकेको छ ।
सर्वोच्च अदालतका हालैका फैसलाका हस्ताक्षरित प्रति स्क्यान गरी वेबसाइटमा राख्ने कामसमेत शुरु गरिएको उनले बताए ।










