कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज



काठमाडौँ, भदौ २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।रासस

प्रकाशित मिति : भाद्र २८, २०८३ आईतबार  ९ : १४ बजे