काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ।
शुक्रबार प्रतितोला चार हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा एक हजार दुई सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ६० रूपैयाँमाकारोबार भइरहेको छ।










