काठमाडौँ । आज हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित तथा अविवाहित महिलाहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ।
विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ । अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सो अवसरमा देशैभरका शिवालयमा महिलाहरूको भीड रहेको छ । पशुपतिनाथमा समेत ठूलो संख्यामा महिलाहरू पुगेका छन् ।
पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
व्रतालु तथा दर्शनार्थीको सहजताका लागि उत्तर, पूर्व र दक्षिणतर्फ पारदर्शी जालीको व्यवस्था गरिएको छ भने विशेष पूजारदर्शन खुला गरिएको छैन।
भीड व्यवस्थापनका लागि मित्रपार्क–उमाकुण्ड, गौशाला–जयबागेश्वरी, सिनामंगल–विमानस्थल र पिङ्गलास्थानबाट छुट्टाछुट्टै प्रवेश मार्गहरू तोकिएका छन्। मन्दिरबाहिर ५ र परिसरभित्र ८ लाईन ९उत्तर ३, पूर्व २, दक्षिण १, पश्चिम २० मार्फत प्रतिपटक ८ जनाले दर्शन गर्नेछन्।
विशेष कमान्ड पोस्ट, पाकेटमारी रोक्न दुई दिनअगावै सादा पोसाकमा प्रहरी परिचालन, र मांसरमदिरा निषेधको व्यवस्था गरिएको छ। कोर क्षेत्रमा पुरुष प्रवेश निषेध गरिएको छ भने पुरुष नित्य दर्शनार्थीले बिहान ५स्३० भित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो ।
पास व्यवस्था नभए पनि काठमाडौँ महानगर–८ का स्थानीयलाई स्थानीय पासको सुविधा दिइएको छ।











