विपद्मा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी सरकारले लिन्छ’–मन्त्री वादी



काठमाडौ. । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद्मा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी सरकारले लिने बताएकि छन् ।

भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने उनले बताएकि हुन् ।

बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भोटेकोशी बाढीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएर उपचाररत रहेको बताईन ।

प्रकाशित मिति : भाद्र २९, २०८३ सोमबार  २ : ०८ बजे