भोटेकोशी बाढी : हालसम्म एक हजार ३९५ शव फेला, पाँच हजार १३० जना अझै बेपत्ता



काठमाडौँ। भोटेकोशी बाढीमा परी हालसम्म १,३९५ जनाको शव फेलापरेको छ भने ५,१३० जना अझै सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२, तनहुँमा ३८ र उपचारका क्रममा काठमाडौँमा २ जनाको मृत्यु भएको छ। फेलापरेकामध्ये १०४ शवको सनाखत भएको र बाँकीको डिएनए परीक्षणबाट पहिचान प्रक्रिया अघाइएको छ।

बाढीपछि १३,७३७ जनाको उद्धार गरिएको छ। नुवाकोट, रसुवा र धादिङलगायत ३३ होल्डिङ सेन्टरमा हाल २,४१८ जना आश्रयमै छन्। १९ अस्पतालमा उपचार गराएका ३४१ मध्ये २७८ डिस्चार्ज भइसकेका छन् भने सुरक्षा निकायमार्फत ९,३५८ जनाले स्वास्थ्य सेवा लिएका छन्। स्वास्थ्य मन्त्रालयबाट १५० परामर्शदाता र नेपाल प्रहरीका १६६ जनचेतना कार्यक्रमबाट ४५,२३८ जना लाभान्वित भएका छन्।

प्रकाशित मिति : भाद्र ३०, २०८३ मंगलबार  ८ : ५१ बजे