मुगुमा लगातार दुई पटक भूकम्प



मुगु । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

प्रारम्भिक विवरणअनुसार भूकम्पको तीव्रता ४.५ र ४.२ म्याग्निच्युड रहेको छ । भूकम्पपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : भाद्र ३१, २०८३ बुधबार  ७ : ३८ बजे