सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबारं) सुनको मूल्य बढेको छ।

यसदिन सुनको मूल्य तोलामा एक हजार सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला चार हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : भाद्र ३१, २०८३ बुधबार  ११ : १६ बजे