सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घट्यो, यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय



३१ भदौ, काठमाडौं । सरकारले सेयर कारोबारमा पूँजीगत लाभकर घटाएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा ५ प्रतिशत र दीर्घकालीन अवधिको कारोबारमा नाफाको ३.५ प्रतिशत पूँजीगत लाभकर कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।

‘नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३ सय ६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने’ बैठकको निर्णयमा उल्लेख छ ।

अब यो निर्णय राजपत्रमा प्रकाशन गरेकै दिनबाट कार्यान्वयनमा आउनेछ ।

तेस्ते सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको प्रवक्ता पोखरेलले बताए ।

उनका अनुसार मन्त्रिपरिषदले नेपाल न्याय सेवा, न्याय समूह राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू श्री खगेन्द्र कट्टेल, श्री रामप्रसाद भट्टराई र श्री बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरेको छ ।

तेस्तै नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

तेसैगरी साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा, क्षतिपूर्ती रकमसम्बन्धी कानुन कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा ९पावर अफ अटर्नी० दिइ बीमा, क्षतिपूर्तीको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने पनि सरकारले निर्णय गरेको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०८३ बुधबार  ६ : ३० बजे