जेन्जी उमेर समूहका सांसदहरूसँग प्रधानमन्त्री बालेनको अन्तरक्रिया



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी पुस्ताका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सुरु भएको अन्तरक्रियामा नवीनतम प्रविधि तथा डिजिटल सुशासनका विषयमा छलफल भइरहेको छ।

बैठकमा युवा स्वरोजगार, स्टार्टअप नीति, प्राविधिक शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवाका विषयलाई समेत प्राथमिकताका साथ उठाइएको छ। यस्तै, वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकासलाई अघि बढाउने विषयमा पनि सांसदहरूसँग गहन छलफल भइरहेको जनाइएको छ।

प्रकाशित मिति : आश्विन २, २०८३ शुक्रबार  १ : १७ बजे