दशैं–तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने प्रचण्डको चेतावनी



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दशैं, तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रवार अखिल नेपाल किसान महासंघको केन्द्रिय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै गर्दै उनले यस्तो चेतावनी दिएका हून् ।

उनले कथाकथित नयाँ भनिएको सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप पनि लगाए । उनले सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरुलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको पनि बताए ।

उनले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। सरकारले सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ। त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ।’

चाडपर्वपछि ‘प्रतिक्रान्तिकारी षड्यन्त्र’विरुद्ध नयाँ पहलकदमी र प्रतिवादसहित आन्दोलन अघि बढाउने उनले बताए ।

प्रकाशित मिति : आश्विन २, २०८३ शुक्रबार  ४ : २७ बजे