सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएकोमा आज ४ हजार ७९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : आश्विन ४, २०८३ आईतबार  ११ : १२ बजे