आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै



काठमाडौं , असोज ६ । आज हरिपरिवर्तिनी एकादशी परेको छ ।

भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी ‘वामन एकादशी वा जयन्ती एकादशी’ भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर्दा कोल्टे फेर्ने धार्मिक विश्वास रहन्छ ।

यस दिन निष्ठापूर्वक व्रत बस्नाले सम्पूर्ण पाप नाश भइ फल प्राप्त हुने शास्त्रीय मान्यता छ । एकादशीको दिन बिहानै स्नान गरी भगवान विष्णु हृषिकेशको पूजा, आराधना र फलाहार वा निराहार व्रत बस्ने गरिन्छ ।रासस

प्रकाशित मिति : आश्विन ६, २०८३ मंगलबार  ८ : ०१ बजे