काठमाडौ. । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।
यसदिन सुनको मूल्य तोलामा एक हजार सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।सोमबार सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।










