प्रधानमन्त्री शाह अमेरिका प्रस्थान



काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते सम्बोधन गर्नेछन् ।

उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने तालिका छ।

प्रकाशित मिति : आश्विन ६, २०८३ मंगलबार  ८ : १९ बजे