काठमाडौँ। काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ।
विशेष धार्मिक विधि र पूजाआजासहित लिङ्गो ठड्याएपछि यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा प्रारम्भ भएको हो। लिङ्गो ठड्याउने परम्परालाई इन्द्रजात्राको महत्वपूर्ण सुरुआती विधिका रूपमा लिइन्छ।










