काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह र जिल्ला तहको अधिवेशनपछि सातवटै प्रदेशको अधिवेशनको तयारी थालेको छ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सबै प्रदेशको अधिवेशन असोज २१ गते एकैदिन हुनेछ। केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनका लागि सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि तोकेको छ।
उनका अनुसार राप्रपाले कोसीमा भरत पाठक, मधेशमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा श्यामबहादुर शाहीलाई खटाएको हो।
राप्रपाले आउँदो मंसिरको २६ देखि २८ गतेसम्म काठमाडौंमा महाविधेशन गर्ने तय गरेको छ। राप्रपाले स्थानीय तह र जिल्लाको अधिवेशन यसअघि नै सम्पन्न गरिसकेको छ ।










