काठमाडौँ । प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क पुगेका छन्।
केहीबेर अघिमात्रै उनी न्युयोर्कस्थित जेफएके अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
उनी मंगलबार साँझ कतार एयरलाइन्समार्फत दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अमेरिका प्रस्थान गरेका थिए।
उनले बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने छन्।
महासभामा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ ।










