डोल्पामा सीता एयरको जहाज दुर्घटना



काठमाडौँ । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ।

नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार जहाज अवतरणका क्रममा पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएपछि दुर्घटना भएको हो।चक्का बाहिर निस्किएलगत्तै जहाज केही परसम्म उछिट्टिएको थियो।

प्रकाशित मिति : आश्विन ८, २०८३ बिहिबार  १० : २६ बजे