कांग्रेसको १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसले १५ औं महधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत् नारा र लोगो सार्वजनिक गरिएको हो।

कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ ।

कांग्रेसले १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ ।

प्रकाशित मिति : आश्विन ८, २०८३ बिहीबार  ५ : ०० बजे