काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सदनमा गरिने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले नियमापत्तिको उचित सदुपयोग गर्न सांसदहरूलाई आग्रह गरका हुन् ।
नियमापत्ति गर्ने क्रममा विषयवस्तुभन्दा बाहिर जाने प्रवृत्ति देखिएको भन्दै उनले त्यसतर्फ सरकार तथा सांसदहरूको ध्यानाकर्षण गराए।
सभामुख अर्यालले भने, “नियमापत्ति गर्दा नियमावलीको व्याख्या, स्पष्ट आधार र औचित्य पुष्टि हुने गरी मात्र गर्नुपर्छ। बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य संसदीय मर्यादा र गरिमाका लागि शोभनीय हुँदैन।”
उहाँले नियमापत्तिलाई आफ्नो धारणा राख्ने वा भाषण गर्ने माध्यम बनाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै सदनको नियम र संसदीय मर्यादाको पालना गर्न सांसदहरूलाई आग्रह गरे।










