एशियन गेम्स क्रिकेटः अफगानिस्तानमाथि नेपालको शानदार जित



काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

अफगनिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७।२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । रोहित पौडेलले अविजित ३३ तथा दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए । नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए।

नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए ।

प्रकाशित मिति : आश्विन ९, २०८३ शुक्रबार  २ : १८ बजे