राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति र मन्त्रीहरुले गरे इन्द्रजात्राको अवलोकन



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गरेका छन् ।

पौडेलले शुक्रवार इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा पनि अवलोकन गरेका हुन् ।

राष्ट्रपति पौडेलसहित जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्री मण्डलका सदस्यहरु उपस्थित थिए ।

साथै विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुगेका थिए ।

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध शालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए ।

प्रकाशित मिति : आश्विन ९, २०८३ शुक्रबार  ८ : ५७ बजे