प्रधानमन्त्री बालेन आज स्वदेश फर्किँदै



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन्।

महासभामा भाग लिन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका पुगेका थिए।

उनले महासभालाई ८ गते सम्बोधन गर्दै नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न मुलुकका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका सदस्यहरूसँग भेटवार्ता पनि गरेका थिए।

प्रकाशित मिति : आश्विन १०, २०८३ शनिबार  ८ : ३० बजे