कांग्रेसको १५औँ महाधिवेशनमा ओली, प्रचण्ड र रविलाई निम्तो



काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको उद्घाटन समारोहमा रास्वपासहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ।

असोज १६ गते हुने महाधिवेशन उद्घाटनका लागि कांग्रेस सहमहामन्त्री उदयशमशेर राणासहितको टोलिले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निमन्त्रणा दिएको हो।

महाधिवेशनमा छिमेकी मुलुकका राजनीतिक व्यक्तित्व तथा अन्य विदेशी अतिथिलाई समेत आमन्त्रण गर्ने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

प्रकाशित मिति : आश्विन १०, २०८३ शनिबार  ५ : १८ बजे