काठमाडौं, असोज १२ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
आज सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार दुई लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला चार हजार ६५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।










