काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ।
सोमबार प्रतितोला पाँच हजार रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा तीन हजार आठ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार तीन सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।










