सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं, असोज १४ । लगातार केहिदिन घटेको सुनको मूल्य आज बुधबार फेरी बढेको छ।

आज सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ। हिजो मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला चार हजार ३९५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार ४२५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : आश्विन १४, २०८३ बुधबार  ११ : २८ बजे