काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका लागि दुवै मुलुक ‘परिणाममुखी’ र अर्थपूर्ण भ्रमणको प्रतिक्षामा रहेको बताएका छन् ।
काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा नेपालको हित प्रवद्र्धनका लागि निकै फलदायी रहेको दाबी गरे ।
खनालले नेपालले उठाएको ‘जलवायु न्याय’को एजेण्डाले विश्व मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको बताए ।
नेपालले अब आपत्कालीन राहतमा मात्र सीमित नभई विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जलवायु वित्त तथा ‘लस एन्ड ड्यामेज फन्ड’ लगायतका संयन्त्रबाट स्रोत परिचालनमा जोड दिएको मन्त्री खनालले बताए ।










