एशियन गेम्समा लगातार दोस्रो पटक काँस्य पदक जितेर स्वदेश फर्कियो नेपाली महिला कबड्डी टोली



काठमाडौं । एशियन गेम्समा लगातार दोस्रो पटक काँस्य पदक जित्दै नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ ।

अभाव, पूर्वाधारको कमी र कठिन तयारीका बाबजुद टोलीले हासिल गरेको यो उपलब्धिले नेपाली खेलकुदमा नयाँ उचाई थपेको छ ।

टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा खेलाडीहरूको अनुहारमा पदकको चमक र देशका लागि केही गर्न सकेको सन्तोष स्पष्ट देखिन्थ्यो ।

नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : आश्विन १४, २०८३ बुधबार  ७ : ५९ बजे