काठमाडौं, असोज १६ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदहरूको मौखिक तथा लिखित प्रश्नहरूको जवाफ दिइनुका साथै संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेश गरिएका छन् ।
बैठकमा मन्त्रीहरूले तोकिएका मन्त्रालयको तर्फबाट सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ सदन समक्ष टेबुल गरेका हुन् । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसद जगत तिमिल्सिनाले अर्थ मन्त्रालयसँग सम्बन्धित सोधेको मौखिक प्रश्नको जवाफ अर्थमन्त्रीको तर्फबाट गृहमन्त्री सुदन गुरुङले सभा समक्ष टेबुल गरे ।
गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरू पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले उठाएका प्रश्नहरूको जवाफ पनि गृहमन्त्री गुरुङले नै सदनमा पेश गरे ।










