काठमाडौं । जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित भएका छन् ।
भर्खर सम्पन्न भएको मतगणनाअनुसार अध्यक्षमा राउत र महासचिवमा सञ्जय यादव निर्वाचित भएका हुन् ।
वीरगञ्जमा आयोजित महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् । २६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो । अध्यक्ष पदमा डा। सीके राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले राउतको पक्षमा पनि मतदान भएको थियो ।
यसैगरी उपाध्यक्षमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु) बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) विजयी भएका छन् ।










