रेशम चौधरीको प्रश्न- गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्र प्राप्तिसँगै थारू समुदायको पहिचान र धार्मिक आस्थामाथि प्रश्न उठेको भन्दै आपत्ति जनाएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै चौधरीले संविधानमा अधिकार सुनिश्चित गरिए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको बताए।

उनले १९ दिने जनआन्दोलनमा थारू समुदाय पनि सहभागी भएको स्मरण गर्दै गणतन्त्र स्थापनाका लागि आफूहरूले लाठी र पानीका फोहरा खाएको बताउनुभयो। तर गणतन्त्र आएपछि पहिचान र धर्मसँग सम्झौता हुन नसक्ने उनको भनाइ थियो।

‘गणतन्त्रसँगै मेरो धर्म र पहिचान किन साटियो ? हाम्रो पहिचानसँग कुनै पनि कुराको साटफेर गर्न पाइँदैन,’ चौधरीले भन्नुभयो, ‘हाम्रो दशैँको जमरा, हाम्रा दिदीबहिनीले लगाउने टीका र सप्तरङ्गी मालासँग हामी कुनै पनि कुरा साटफेर गर्न तयार छैनौँ। हाम्रो धर्म, संस्कृति र पहिचान हाम्रो अस्तित्वसँग जोडिएका विषय हुन्।’

प्रकाशित मिति : आश्विन १८, २०८३ आइतबार  ४ : ५० बजे