युवा नेता प्रकाश तिवारीले गरे कांग्रेस केन्द्रीय सदस्यमा दाबेदारी



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवाको उल्लेख्य सहभागिता देखिएको छ । महाधिवेशनमा युवाहरुको सहभागिताले ‘जेन्जी’ पुस्ताका युवा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा मात्रै आबद्ध छन् भन्ने बुझाइ गलत भएको देखाएका छन् । आगामी दिनमा ठूलो संख्यामा युवा नेपाली कांग्रेसतर्फ आकर्षित हुने ठानिएको छ । यो महाधिवेशन विशेष गरि युवाहरुको सहभागिता र नेतृत्वमा युवाहरुको प्रवेशका लागि कोशेढुंगा बन्न सक्ने ठानिएको छ ।

यसैबिच युवा नेता प्रकाश तिवारीले पनि १५औँ राष्ट्रिय महाधिवेशनमार्फत केन्दीय सदस्य पदका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको नेतृत्व गरिरहेका तिवारीले आफ्नो पालिकालाई देशभरकै स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय सरकारको रुपमा स्थापित गरिसकेका छन् ।

सबैभन्दा कान्छा गाउँपालिका अध्यक्ष मध्येका तिवारी व्यावसायिक पृष्ठभूमिसहितका व्यक्ति पनि हुन् । स्टार्टअप, इन्नोभेसन र लगानी सम्बन्धि कम्पनीमा नेतृत्व दिइसकेका तिवारी राजनीतिको अध्ययन र विश्लेषणमा उत्तिकै सक्रिय छन् । तिवारीले पालिका सुधारका लागि नवीनतम कार्य अगाडि बढाएका छन् ।

पालिकालाई पर्यटनको हबका रुपमा बिकसित गर्नका लागि नेपालकै पहिलो नवग्रह मन्दिरको स्थापना समेत उनकै परिकल्पनामा निर्माण भएको थियो ।

यो महाधिवेशनमार्फत कांग्रेसको नेतृत्वमा पार्टीलाई नयाँ उचाईमा पुर्याउन सक्ने, कांग्रेसको भविष्यलाई डोर्याउन सक्ने र वर्तमानका चुनौतीहरुलाई चिर्न सक्ने युवाहरुले नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका छन् । जसमध्ये प्रकाश तिवारी एउटा नाम हो । आफुलाई पार्टीका विभिन्न मोर्चामा रहेर प्रमाणित गरिसकेका तिवारीले १५औँ राष्ट्रिय महाधिवेशनमार्फत केन्दीय सदस्य पदका लागि बलियो दाबेदार बन्न्े आँकलन गरिएको छ ।

प्रकाशित मिति : आश्विन १९, २०८३ सोमबार  ११ : २२ बजे